२०८१ बैशाख २२ , शनिवार

सुन–चाँदीको भाउ घाटदै

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। सोमबारदेखि घट्न सुरू गरेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।मंगलबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।