२०८१ जेठ २ , बुधवार

बङ्गलादेशका नवनिर्वाचित सांसद्द्वारा सपथ ग्रहण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् ।सांसद्हरूलाई बङ्गलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराउनुभएको थियो ।

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए ।निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ ।

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिटजितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताउनुभयो ।  रासस/सिन्ह्वा