२०८१ जेठ १ , मंगलबार

बलात्कार मुद्दामा दोषी सन्दीप लामिछानेको सजाय आज बुधबार तोकिँदै

sandeep lamichane

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज  बुधबार तोक्ने भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार उनीमाथि सजाय तोक्ने भएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

 

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।

सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ ।