२०८१ जेठ २ , बुधवार

मध्यपूर्व एकीकरणका लागि ‘चुनौतीपूर्ण क्षण’ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

Capture

सुनाखरी न्युज / काठमाडौं ।
– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा इजरायलको एकीकरणका लागि “वास्तविक अवसरहरू” रहेको बताउनु भएको छ ।

तर गाजामा युद्ध भइरहेकाले यसलाई “धेरै चुनौतीपूर्ण क्षण” पार गर्न आवश्यक छ, उहाँले थप्नुभयो।
“मलाई लाग्छ त्यहाँ वास्तविक अवसरहरू छन् तर हामीले यो धेरै चुनौतीपूर्ण क्षणबाट गुज्रनु पर्छ,” ब्लिन्केनले इजरायली विदेशमन्त्री इजरायल काट्जसँगको वार्तामा भन्नु भएको छ ।

पछिल्लो चरणमा कतार र साउदी अरेबियाको भ्रमणका क्रममा मङ्गलबार सो वार्ता भएको हो ।  रासस/एएफपी