२०८१ जेठ १ , मंगलबार

कोरिया भाषा परीक्षा तीन चरणमा

Korea

सुनाखरी न्युज/ काठमाडौं ।
कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् । माघ ६ देखि सुरु हुने परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली यसमा सामेल हुन पाउनेछन् ।

 

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग ९एचआरडी० बीचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंग्याएको हो । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए । ‘हामीले तीन चरणमा परीक्षा लिनेछौं । पहिलो चरणमा ४७ हजारको हुनेछ । दोस्रो चरणमा ८० हजार र बाँकीको तेस्रो चरणमा हुनेछ,’ उनले भने, ‘प्रत्येक दिन परीक्षामा एक हजार जना सहभागी हुनेछन् ।’ पहिलो चरणको परीक्षा सकिन कम्तीमा ४७ दिन लाग्नेछ ।

 

गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै आवेदन दिनेको योग्यता तोकेको थियो । जसमा फौजदारी अभियोगमा सजाय पाएका, कोरियाबाट निष्कासन ९डिपोर्ट० भएका, कोरियामा ई–नाइन र ई–टेन भिसामा ५ वर्षभन्दा कम बसेका र सन् २०२३ भित्र कोरियाको भाषा परीक्षामा सामेल भएकाहरू सहभागी हुन नपाउने प्रावधान थियो । जुन प्रावधानले २०२३ मा नै पानीजहाजसम्बन्धी परीक्षामा सहभागी ३२ हजारलाई उत्पादन क्षेत्रका लागि खुलाइएको पुस २ देखि ६ सम्मको भाषा परीक्षामा आवेदन दिन रोक लगाइएको थियो । त्यसरी वञ्चित भएकामध्ये केही उच्च अदालत पुगेपछि अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । यो विवादले उग्र रूप लिएपछि भएको प्रदर्शनमा दुई युवा प्रहरीबाट मारिएका थिए ।