२०८१ जेठ २ , बुधवार

मध्य भियतनाममा सैन्य प्रशिक्षण विमान दुर्घटना

Capture

सुनाखरी न्युज / काठमाडौं ।
भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मङ्गलबार बिहान करिब ११ बजे सैन्य प्रशिक्षण दुर्घटना भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका छन् ।

विमान बगैंचा नजिकैको खाली जमिनमा खसेको थियो । दुर्घटनास्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार सो घटनामा घाइते भएका छन् ।

भीएन एक्सप्रेसका अनुसार दुर्घटनास्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा उछुट्टिएको छ ।उक्त सैन्य विमान वायु रक्षा – वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । सो विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो।  रासस/सिन्ह्वा