
सुनाखरी न्युज / काठमाडौं ।
नेपालको एक अग्रणी अन्तर्राष्ट्रिय वायुसेवा, हिमालयएअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSAमा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन(IATA)द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीेप्राप्त IOSA क्ब्प्रमाणीकरण एक कोसेढुङ्गाको रुपमा हिमालय एअरलाइन्स्ले उपलब्धि हासिल गरेको छ ।
“हिमालयएअरलाइन्स्प्रा .लि IOSAक्ब्कार्यक्रम म्यानुअलको प्रावधानअनुसार IATA अपरेशनल सेफ्टी अडिट प्रोग्राम(IOSA) अन्तर्गत IOSA अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ।”, उक्त प्रमाणपत्रमा लेखिएको छ।
हिमालयएअरलाइन्स्का लागि IOSA क्ब्प्रमाणीकरणले हिमालयएअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदानगर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्दछ । नेपालको पहिलो र एकमात्र IOSA क्ब्प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। क्ष्इक्ब्को यस कठीन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मुल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्य सम्पादन सुधार भएको छ ।
सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालयएअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापितगर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नकालागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन,हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ। हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्नतत्पर छौं ।”
यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक श्री नविना कर्माचार्यले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालयएअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित IOSA क्ब्प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु। हिमालयएअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमाहवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।”
IATAअपरेशनल सेफ्टी अडिट (IOSA) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA)द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो,जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षामानकप्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागिविकास गरिएको हो।
यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ। यसमा कागजातहरुको मुल्याङ्कनका साथैसाइटको समीक्षा समेत समावेश हुने गर्दछ। परीक्षणको सफलतार सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई IOSAक्ब्प्रमाणीकरण प्रदान गरिन्छ। तसर्थ,IOSAक्ब्दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन IATAसदस्यताको लागिपूर्व शर्त पनि हो।
हिमालय एअरलाइन्स्् प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स्् नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स््, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड(TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।
हिमालय एअरलाइन्स््सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हालमध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले चीनका पाँच शहरहरूमा उडान गर्दैछसबेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासा।एअरलाइन्स््ले साउथएशियन ट्राभल अवार्डसर्(SATA) २०१७माआफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँअन्तर्राष्ट्रिय एअरलाइन्स््का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।
सन् २०२० मायसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनकालागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमानमर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्चव्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स्् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहितयात्रुहरू र कार्गो सेवाकालागिउच्च स्तरिय सेवाप्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्तभएको हो । सो प्रमाणीकरणले एअरलाइन्स््को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स््ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स्् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपालीवायुसेवाकम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतःआफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स््ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स््का रूपमाप्रति स्थापित हुन चाहेको छ ।
ब्राण्ड विभाग
हिमालय एअरलाइन्स्् प्रा. लि.
टेलिफोन: +९७७ ०१ ४४२२४५४
इमेलःbrand@himalaya-airlines.com
वेबसाइतःwww.himalaya-airlines.com
हामीलाई लाइक र फलो गरी हामी सँग फेस्बुक, ट्वीटर, इन्स्टाग्राम, यूट्यूब, टिकटक, वीच्याट र वीबो मापनि सम्पर्कमा रहनसक्नुहुन्छ ।