२०८१ बैशाख ३१ , सोमवार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिए

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।

सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको हुन् । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका छन्।अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।

पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छन् ।