२०८३ जेठ १४ , बिहिवार

१६औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना?

Capture

सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय योजनाआयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दामाथिको साक्षरता दर शत प्रतिशत पुर्याउने लक्ष्यअघि सारेको छ । १६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदातामा यस्तो दर शत प्रतिशत पुर्याउने उल्लेख छ ।आयोगका अनुसार ५ वर्ष र सो भन्दामाथिको साक्षरता दर अहिले ७६.२ प्रतिशतमात्रै छ । १६औँ योजना अवधि अर्थात आर्थिक वर्ष २०८५–८६ सम्ममायसलाई शत प्रतिशत पुर्याउने आयोगले लक्ष्यलिएको हो । यसैगरी १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँचपुर्याउने लक्ष्य समेत अघि सारेको छ ।

अहिले सहरी क्षेत्रका विद्यालयहरुमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँचपुगे पनि अधिकांश विद्यालयहरुमा शिक्षण सिकाइकालागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा ५ वर्षमा शत प्रतिशत पुर्याउने आयोगले लक्ष्यनिर्धारण गरेको हो ।यद्यपि, मस्यौदामा समेटिएको यो विषय फाइनल हुनभने बाँकी रहेको आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताए । उनका अनुसार छलफल अन्तिम चरणमा पुगेको छ । आएका सुझावहरु समेत समेटेर आयोगले योजना फाइनल गर्नेछ ।

शिक्षाक्षेत्रको कुल बजेट १७प्रतिशत
शिक्षा क्षेत्रमाहाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी ५ वर्षमाआयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७प्रतिशत बनाउने लक्ष्यलिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भएअनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहितकक्षा १ माभर्ना हुने बालबालिकाको संख्या७६.९ प्रतिशत रहेको छ । यसलाई बढाएर शतप्रतिशतपुर्याउने आयोगको लक्ष्य छ ।

यसैगरी आधारभुत त हकक्षा १–८ मा पुरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमायसलाई ९१ प्रतिशतपुर्याउने, माध्यमिकतहको कक्षा १२ सम्मपुग्ने दर ३५.६ प्रतिशत रहेकोमा ५० प्रतिशतपुर्याउने र उच्चशिक्षा प्राविधिक विषयमा अध्ययनगर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर २०८५–८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रका केके विषय समेटिए ?
आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छाको अध्यक्षतामा सोमबार र मंगलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार५ वर्षे आवधिक योजनाभित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्यउपचार स्वदेशमा नै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।सबै नागरिकमा स्वास्थ्यबीमा पु¥याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेकोआयोगद सदस्य डा. विच्छाले जानकारी दिए ।

उनकाअनुसार १६ औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्यबीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्यबीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ ।जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवाउपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६औं योजनाले तय गर्ने भएको छ ।मातृ मृत्युदर प्रति लाख जिवित जन्ममाअबको ५ वर्ष भित्र ८५ पु¥याउने १६ औं योजनाको लक्ष्य छ । आधार वर्ष २०७९÷८० मामातृ मृत्युदर १५१ रहेको छ ।

सडक दुर्घटनामा ज्यानगुमाउने व्यक्तिको संख्याप्रति एक लाखलाई ६.२ माझार्ने लक्ष्य रहेको छ । अहिले यो आंकडा ९.५ रहेको छ ।आगामी ५ वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रममा नविकरण दर ३९ प्रतिशत रहेकोमा ५ वर्ष भित्र यो ९० प्रतिशत लैजाने लक्ष्य रहेको छ ।

३० मिनेटको दूरीमा स्वास्थ्य संस्थाभएका घरधुरी ७७ रहेकोमायसलाई बढाएर ८६ पु¥याउने १६ औं योजनाको लक्ष्य छ ।पाँचवर्ष मुनिका बच्चामध्ये जन्मदर्ता गरिएका बालबालिका शत प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशतमात्र रहेको छ ।आयोगले आगामी माघ मसान्तभित्र १६औँ योजनालाई अन्तिम रुप दिने गरी तयारी तीव्र बनाएको छ । आयोगका प्रवक्ता यम लाल भुसालका अनुसार सातै प्रदेशमापुगेर प्रदेश सरकार र स्थानीयतहको समेत सुझाव समेटिएको छ । यसबाहेक निजी क्षेत्रसहित सबै क्षेत्रकाविषय विज्ञहरु समेतको सुझावलिएर योजनाको कामभइरहेको छ ।