२०८१ बैशाख २० , बिहिवार

नाडाको नयाँ नेतृत्वले पूर्णता पायो

nada

सुनाखरी न्युज/ काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा करण चौधरीसहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

 

नवनिर्वाचित चौधरीको अध्यक्षतामा बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आइतबार नाडाको विधान ०७१ को संशोधित विधान ०८० बमोजिम निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चुनिएका छन् ।

 

बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

बैठकले कार्यसमिति सदस्यमा सुनील रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ ।

नाडाको विधानबमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका छन् ।