२०८१ जेठ ५ , शनिवार

जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक

Capture

सुनाखरी न्युज / काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ ।बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ ।

पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने छ ।