२०८१ बैशाख २० , बिहिवार

एनएमबि बैंक र USAID द्वारा विराटनगरमा उद्यमीहरूकालागि डिजिटल वित्तीय साक्षरता आयोजना

Capture

सुनाखरी न्युज / काठमाडौं ।
एनएमबिबैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट(USAID)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरूवृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो । सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११०भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए।

एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गदै आइरहेको छ ।