२०८३ जेठ १४ , बिहिवार

स्वदेशबाट हुने निर्यातमा र स्वदेशमै सवैभन्दा ठुलो रोजगारी सृजना गर्नेमा अग्रणि स्थान ओगट्न सफल सिन्थेटिक धागो उद्योग

Capture

सुनाखरी न्युज/ काठमाडौं।
स्वदेशबाट हुने निर्यातमा र स्वदेशमै सवैभन्दा ठुलो रोजगारी सृजना गर्नेमा अग्रणि स्थान ओगट्न सफल रहेका सिन्थेटिक धागो उद्योग हो । यसले वार्षिक १५ अर्ब रुपैयाँ सम्म निर्यात गर्दै आएकाविदितै छ । नेपालका स्पिनिङ्ग मिलमध्ये दुई स्पिनिङ मिल्सको विद्युतकोलाइन काट्दा उद्योगमा कार्यरत मजदुरहरूको दैनिक रोजीरोटी खोसिएको छ ।आफू कार्यरत उद्योगमा सरकारले बिजुलीको लाइन काटिदिएर उद्योग बन्द हुँदा उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

रोजगारदाता र नेपाल विद्युतप्राधिकरणको द्वन्द्वका कारण श्रमिकको रोजगारीलाई असर गर्न पाइदैन भन्दै तत्काल श्रमिकको रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् । उद्योग बन्द हुँदा उद्योगमा कार्यरत श्रमिक आन्दोलदनमा उत्रिन सरकारले बाध्य बनाएको भन्दै तत्काल उद्योग सञ्चालन गर्ने बैठक तथा छलफलमा जुट्न नेपालधागो उत्पादक संघ जोडदार मागगर्दछ ।

सरकारको निर्देशनमा उद्योगमा कार्यरत मजदुरको ख्यालै नगरी प्राधिकरणले बिजुलीको लाइन काट्दा करिब ६ हजार श्रमिककको रोजगारी गुमेको छ । सरकारले पुस ६ गते वाट स्पिनिङ मिल्सको लाइन काटेको हो । बिजुलीको लाइन काट्दा उद्योग बन्द भएको र जसका कारणले मजदुरहरूको दैनिक रोजीरोटीमा समस्या आएकोमा संघको ध्यान आकर्षण भएको छ ।सरकारले बिजुलीको लाइन काटिदिएपछि तत्काल उद्योग चल्ने ÷नचल्ने टुंगो छैन । उद्योगहरूले दूर दराजका गाउँ गाउँबाट पिछडिएका वर्गलाई ६ महिनातालिमदिएर दक्षजनशक्तितयार पारेकाथिए । उद्योग बन्द भएपछि कतिपय श्रमिक अलपत्र परेका छन् भने १ हजारले जागीर नै छाडिसकेका छन् ।

यसको असर उनीहरूमामात्रै सीमिति छैन, उनीहरूको यो पीडा आश्रित परिवारको चूलोसम्म पुगेको छ । अहिले जागीर छाडेर गएका१हजार दक्षजनशक्ति तयार पार्न अर्को ६ महिना लाग्छ भने अर्को १० करोड रुपैयाँ खर्चर्नु पर्ने हुन्छ र सो अवधीमा उत्पादन पनि न्युनहुनेछ ।दैनिक ६ करोडको धागो उत्पादन तथा निर्यात हुँदै आएकोमा विद्युतलाइन काटिएपछि विदेशबाट उद्योगका अर्डरहरू धमा धम क्यान्सिल हुन थालेका छन् । अब उद्योग सञ्चालनमा आएपनि उद्योग नोक्सानीमात्रै होइन श्रमिकमाथि परेको घातको कुनै मूल्यको अनुमान गर्न नै सकिने अवस्था छैन । यस वर्ष ५ अर्ब रुपैयाँको पनि धागो निर्यात नहुने अवस्था सिर्जना भएको छ ।

बैठक र छलफलबाट टुंगाउन सकिने टं«क र डेडिकेटेड लाइनको महशुल विवादका कारण हजारौं मजदुरको पेटमा लातहानेर सरकारले देखाएको यो र्निममतापूर्ण व्यवहारप्रति नेपालधागो उत्पादक संघ घोर भत्सना गर्छ ।आन्दोलनमा उत्रिएका कर्मचारीलाई काममा फर्काउने वातावरण मिलाउन व्यवहारमै खरो उत्रिएर तत्काल उद्योग खोल्न छलफलमा बस्नु पर्ने अहिलेको आवश्यकता हो । यिस्पिनिङ मिल्ससँग जोडिएका करिब ६हजार कामदारलाई बिचल्ली नपार्न धागो उत्पादक संघ आग्रह गर्न चाहन्छ ।

सरकारले उद्योगको विद्युतलाइन काटिदिँदा उद्योगमा कार्यरत मजदुरको रोजीरोटी मात्रै खोसिएको छैन,एकातिर सरकारको ठूलो राजस्व गुमेको छ, स्वदेशमा विक्री गर्ने हो भने दैनिक७८ लाख रुपैयाँ राजस्व गुम्न पुगेको छ भने अर्कोतर्फ नेपालमा सञ्चालित ढाका, होजियारी,टेक्सटायल उद्योगहरूमा समेत धागोको अभाव सिर्जना भएको छ । उद्योग बन्दभई उत्पादन हुन नसक्दा नेपाली बजारमा विदेशी धागोको मूल्यसमेत वृद्धि भएको छ । यसको अर्थ अब धागोमा पनि नेपाल विदेशकै भर पर्नुपर्ने अवस्था आएको छ ।

सरकारले धागो उद्योगमा काम गर्ने कामदार र उनीहरूसँग जोडिएका आश्रित परिवारको बिचल्ली नबनाउन, निर्यात उद्योगको साख सदाको लागि जोगाउन, धागो निर्यातबाट विदेशीमुद्राआर्जन गर्ने अवसरबाट नचुक्न,उद्योगको दैनिक काम कारवाहीमा असर नपुर्याउन तत्काल विद्युतलाइन जडान गर्ने र अन्य विषयमा सरकार तथा उद्योग सञ्चालन व्यवस्थापक छलफलमा बसी समस्याको समाधान गर्न संघ जोडदार मागगर्दछ ।