२०८१ जेठ ५ , शनिवार

सगरहवामा मूर्तिकला कार्यशाला

Capture

सुनाखरी न्युज/ काठमाडौं।
कपिलवस्तुमा सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरी मूर्तिकला कार्यशाला सञ्चालन गरिएको छ । उक्त कार्यशाला दुई सातासम्म चल्ने छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार कार्यशालामा ३० मूर्तिकारको सहभागिता रहेको छ । उनीहरु ढुङ्गामा मूर्ति कुँद्ने कार्यमा जुटेका छन् । कपिलवस्तु र रूपन्देहीबाट ल्याइएका ढुङ्गाबाट १५ मूर्ति बनाइने उहाँले बताउनुभयो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने उद्देश्यका साथ कार्यशाला सञ्चालन गरिएको हो । मूर्तिकारले उपयुक्त ढुङ्गा छनोट गरी मूर्ति कुँद्न थालेका छन् ।
रासस