२०८१ जेठ ५ , शनिवार

राष्ट्रियसभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए

Capture

सुनाखरी न्युज/ काठमाडौं।
राष्ट्रियसभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

तीन सिटका लागि कर्णालीमा एमालेले तीनै जना उम्मेदवार खडा गरेको छ । जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका हुन् ।

उम्मेदवारी दर्ता गर्न जाँदा स्थायि कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।सत्तारुढ गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा कर्णालीमा एमालेको मतभार संख्या कमजोर रहेको छ ।