२०८१ जेठ ५ , शनिवार

राष्ट्रियसभा सदस्यको लागि सिटौलाले कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गराए

Capture

सुनाखरी न्युज/ काठमाडौं।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री  कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।