२०८१ जेठ १ , मंगलबार

घट्यो सुन–चाँदीको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं।
नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला सात सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।