२०८३ जेठ १४ , बिहिवार

दक्षिण एशियाको व्यापार अवस्थाबारे दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं।
पछिल्लो समय विश्वव्यापारमा उतारचढावहरु आएका कारण दक्षिण एशियालीमुलुकहरुले एकिकृत रुपमा लाभलिन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् ।विश्वव्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा काठमाडौंमा आजबाट दुई दिने ‘डब्लुसिपी नेपाल– एआइबी साउथएशियाकन्फ्रेन्स, २०२४’ को पहिलो दिन‘विश्वव्यापार र दक्षिण एशियाका चुनौती र अवसरहरु’शिर्षक प्यानल छलफलमा सरोकारवालाहरुले उक्त विषयबारे औल्याएका हुन् ।

छलफलमा दक्षिण एशियाली मुलुकले लाभलिनका लागि भएका सम्भावनाहरुलाई बढि भन्दा बढि उपयोग गर्न नयाँ ढंगले काम गर्न आवश्यक भएको महसुस गरेका छन् । जस्कालागि अब दक्षिण एशियामा व्यापारका पूर्वाधारहरुलाई विकास गर्नुपर्ने, साना तथा मझौला उद्यमीहरु (एसएमइए)लाई प्रमोट गर्नुपर्ने, जलवायूको क्षेत्रमा लगानीलाई बढाउनुपर्ने र बोर्डरहरुमा हुने गरेका अवरोधहरुलाई हटाउँदै लैजान जरुरी भएको बताएका छन् ।खासगरी बोर्डरमा देखिने गैर ट्यारिफ अवरोधहरु हटाउन छलफलमा सहभागीहरुले जोड दिए । विगतमाभएका समझदारीहरुमा बढि जोड दिन पनि आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् ।

विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति श्रृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथएशियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो। पछिल्लो समय विश्वव्यापीव्यापारको आयामहरुमा परिवर्तन आएको छ । आईसिटी (सुचना सञ्चार प्रविधि)ले ल्याएका सम्भावनाहरुलाई उपयोग गरेर अघि बढ्न तीपक्षलाई सँगसँगै लैजान जोड दिइएको छ । यससँगै चीनले विश्वव्यापारलाई अन्तर्राष्टिय स्तरमै पहिलो बन्न जसरी नयाँ तरीकाहरु उपयोग गरीरहेको छ, त्यस्ता केहि कुरालाई हामीले पनिसिक्नआवश्यक छ ।

प्यानलकावक्ता उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका पुर्व सचिवचन्द्रकुमार घिमिरे अहिलेसम्म अन्तर क्षेत्रीयव्यापारको तह ५ प्रतिशत हाराहारी मात्रै रहेको छ । सार्क मुलुकहरुले सार्क भित्र गर्ने व्यापार र बाहिर गर्ने व्यापारको न्युनअर्थात ५ प्रतिशतमात्रै भएको उनको भनाइ छ । घिमिरे भन्छन्,‘अहिले अन्तर क्षेत्रीय व्यापार २३ विलियन अमेरीकि डलर हाराहारीमामात्रै व्यापार भैरहेको छ । जबकीत्यसलाई बढाएर ६२ विलियन अमेरिकि डलर हाराहारीमा लैजाने ठाउँ छ ।’ यसर्थ व्यापारको आकार बढाएर उपयोग गर्न हालभएकाअवरोधहरु हटाएर जानसके सम्भावनाहरुलाई हाँसील गर्न सकिने उनले सुझावदिए ।

यसैक्रममा नेपालको शन्दर्भ जोड्दै उनले मुलुकमा थप लगानीन भित्रिएसम्म उत्पादन नबढ्ने भएकाले यसले व्यापारमा सोझै प्रभाव पार्ने भएकाले एक्लो लगानीले परिणाम हाँसील नहुने उनको तर्क छ । यसर्थ नेपालमा लगानी भित्र्याउनमै बढि काम गर्नु पर्छ । साथै व्यापारका लागि आवश्यकपूर्वाधार पनि नभएकाले लगानी नआएको हुनसक्ने उनको अनुमान छ । साथै नेपालले अन्यमुलुकको व्यापारसँग जोडिन अहिलेको पुर्वाधारले नपुगेको उनको भनाइ छ । अन्यमुलुकको तुलनामा दक्षिण एशियाली मुलुकमा बोर्डरमा अवरोधहरु अधिकहुने भएकाले व्यापारको आकार बढ्न नसकेकाले यसलाई समाधान गर्न पूर्व सचिव घिमिरेले सुझावदिए ।

सामुहिक छलफलमा पूर्व सचिव घिमिरेसँगै राष्ट्रिय सुरक्षा परिषदकापूर्व मुख्य सचिवशंकरदाश वैरागी, राष्ट्रिय योजनाआयोगका सदस्य सचिवडा.तोया नारायण ज्ञवाली, स्टडीज युनिभर्सिटि अफ ईन्टरनेशनल विजनेश एण्ड ईकोनोमिक्स, चिनकीप्रो.सिनक्वा तु, भारतीयविदेश व्यापार संस्थान कोलकत्ताकाप्रो.देवासीस चक्रवर्ती र नेपाल उद्योग वाणिज्य महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका अध्यक्ष मनोज पौडेल सहभागी थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालेको बाणिज्य नीति अवल्बन गरिनुपर्ने आवश्यकता औल्याए। नेपालले विश्वबजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषण सहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ।

एआइवि–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्रोफेसर एस रघुनाथले दक्षिण एशियालीमुलुकको वैदेशिकव्यापारसँग सम्बन्धित नीतिनिर्माणमा यस सम्मेलनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । सहजआपुर्ति श्रृङ्खला निर्माण गर्न विश्वव्यापी रुपमा एक अर्कादेशहरु बीच अन्तर निर्भरता रहेको भन्दै उनले सबैको समान सहभागिता र योगदानआवश्यक रहने उल्लेख गरे । स्थानीयस्तरको उत्पादन प्रवर्द्धनमानवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा रघुनाथले जोड दिए । उद्योग, बाणिज्य तथाआपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिकव्यापारलाई सन्तुलित रुपमा अगाडी बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताहरुबाट आउने सुझावलाई सरकारले सकारात्मक रुपमालिने र आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनकालागि पहल समेत गर्ते बताए ।

प्रभावकारी नीतिनिर्माणका लागिविभिन्न क्षेत्रको विज्ञता आवश्यक पर्ने उनको भनाइ छ। विश्वव्यापी आपूर्ति श्रङ्खला निर्माण तथा नेपाली बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपस्पर्धी बनाउन आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयनतहमा देखिएका समस्या समाधानको आवश्यकता औल्याए । नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नती पछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रुपमा काम गरिरहेको उनले बताए । दीगो विकास लक्ष्यप्राप्तिकालागिआन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनु पर्ने उनको जोड छ।

संयुक्त राष्ट्रसंघको जेनेभा स्थित स्थायी नियोगका लागि नेपाली राजदुत रामप्रसाद सुवेदीले वैदेशिकव्यापार विकास र समृद्धिको इन्जिन रहेको उल्लेख गर्दै उनले दक्षिण एशिया विश्वबजारको ठूलो हिस्सा रहेको बताए । नेपाललगायत देशहरुले बेहोरिरहेको उच्चव्यापार घाटाको समस्या समाधानको लागिउत्पादन र बजारको विविधिकरण गरिनु पर्नेमा उनको जोड छ । दक्षिण एशियाका नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँग सँगै स्तरोन्नती भइरहेकोमा स्तरोन्नती पछि पनि व्यापारका क्षेत्रमाअहिले पाइरहेका शून्यभन्सार लगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्रि) को निरन्तरताकालागि संयुक्त राष्ट्र संघमा विभिन्नतहको छलफल भइरहेको बताए । पूँजीनिर्माण गर्न सके आयात व्यवस्थापनमा सहज हुने उन

को भनाइ रहेको छ। उनले नेपालको बाणिज्य नीतिलाई समय सापेक्ष बनाउनु पर्ने आवश्यकता औल्याए ।
विश्वव्यापार सङ्गठन (डल्बुटिओ)का डेपुटी डाइरेक्टर जेनेरल सियाङचेन झाङले विश्वव्यापारमा सहजिकरणका लागिविभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए । पछिल्लो समय विश्वव्यापारको परिदृश्यमा बदलाव भइरहेको सन्दर्भलाई जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताकालागि पहल गरिने समेत प्रतिवद्धता जनाए । जलवायु परिवर्तन र वातावरणीय जोखिमन्युनिकरणसँग सम्बन्धित मुद्दालाई विश्व समुदायले नै गम्भिरताका साथलिनु पर्ने पनि उनको भनाइ छ।काठमाडौं विश्वविद्यालका उपकुलपतिप्रोफेसर डा. भोलाथापाले क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयामहरु परिवर्तन भइरहेको र त्यसले नेपाल जस्ता आयातमानिर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढि प्रभावित भइरहेको उल्लेख गरे ।

यस्तो समस्या समाधानका लागि सबैको प्रयास आवश्यक रहेको उनको भनाइ छ। न्यूनउत्पादनका कारण नेपालको निर्यात पक्षनिकै कमजोर रहेको तथा नेपालले डब्लुटिओका सुविधाको पर्याप्त लाभलिननसकेको थापाले बताए । अनुसन्धान र आपसी छलफलले राम्रो नीतिनिर्माणका लागि योगदान गर्ने विश्वास पनिउहाँले व्यक्त गरे ।
भारतीय विदेशव्यापार संस्थान, कोलकत्ता क्याम्पसका प्रमुख प्रोफेसर के रङ्गराजनले दक्षिण एशिया क्षेत्रमा उच्च जनसांख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिननसकेको बताए। दक्षिण एशियाले क्षेत्रीय र वैश्विकव्यापारमा विभिन्न चुनौतीहरुको सामना गरिरहेको उल्लेख गर्दै नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्वबजारमा पुर्याउन सकिने सम्भावनालाई गम्भिरताकालागि लिनुपर्ने उनको भनाइ छ।
एसोसिएसनअफ इन्डियन युनिभर्सिटीजको महासचिव डा. पंकज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आवद्धता कायम गर्न सकिने बताए।

सम्मेलनमाविभिन्न७ देशबाट ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वहरुको सहभागीता रहेको छ । दुई दिने सम्मेलनमाविभिन्नविषयमाशोधपत्र प्रस्तुतहुनेछन् ।सम्मेलनमा गैर बजारका कारकतत्वहरु, वातावरणीय, सामाजिक र कर्पोरेट सुशासन (ईएसजी, ईन्भाईरोमेन्टल, सोसियल एण्ड कर्पोरेट गभर्नेन्स)मा दक्षिण एशियाको तयारीबारे कार्यपत्र प्रस्तुत गरीयो । सोहि क्रममाशुभादीप देले ईएसजीको लक्ष्यहाँसील गर्न फर्महरुको रणनीतिक प्रभावबारे प्रकाशपार्दै विश्वव्यापी रुपमायसको प्रयोग कर्पोरेट क्षेत्रमा बढेको बताए । उनकाअनुसार वाह्य क्षेत्रमाव्यापार व्यवसाय प्रवद्र्धन गर्न ईएसजीमार्फत बजार प्राप्त गर्न जरुरी छ । ‘तर बढ्दो जलवायु परिवर्तनको खतरा बढेकाले यसमाकार्बन फुट प्रिन्ट घटाउन पाियो मोडलल क्रस बोर्डर पक्षकालागि महत्वपूर्ण छ,’ उनले सुझावदिए ।
यसैगरी अर्का प्रस्तोता सुवर्ण समान्तले भष्टाचारनिवारण ःउच्चमानव विकास सुचक(एसडिआई) स्कोरको दक्षिण एशियाली देशहरुमाप्रभाव’कार्यपत्र प्रस्तुत गरे ।

यसैक्रममाउनले दक्षिण एशियालीमुलुकमामानवविकास सुचक र भष्टाचारकोधारणा सुचकउच्च रुपमा अन्तरसम्बन्धित रहेको औंल्याए । उनकाअनुसार मानवविकास सुचक बढ्दा भष्टाचारको सुचक घट्छ । उनले उदाहरण दिंदै भने,‘नर्वे, फिनल्याण्ड जस्ता मुलुकमायहि स्थिती देखिन्छ । विकसीतमुलुकमा मानवविकास सुुचक र भष्टाचारनिवारण सुचकविपरीतको सम्बन्ध देखिएपनि दक्षिण एशियामाएकनासको सम्बन्ध देखिदैन ।’ छिमेकीमुलुकभारतमा यो सम्बन्धबलीयो रुपमा देखिन्छ तर नेपालमा केहि विचलन अवस्थामा छ । साथै बंगलादेश र पाकिस्तामाअति नै धेरै विचलन देखिएको उनले बताए ।

यस्तै, सम्मेलनमा मालगोर्जटा कुक्जाराले अफ्रिकीबजारमा वैधानिकबनाउनभारतीयबहुराष्ट्रिय कम्पनीहरुले कसरी ईतीहास रचेका भनभन्ने एक खोज सहित दक्षिण अफ्रिकाका ४ क्षेत्रको केस स्टडी प्रस्तुत गरीन् । उनले वहुराष्ट्रिय कम्पनीहरुको मुख्यचुनौती सम्बन्धित देशमा वैधता लिनभएको बताइन् । प्रस्तोताकुक्जाराकाअनुसार धेरैले ऐतीहासीक सम्बन्धको आधारमा स्थानीयउपभोक्ता र स्थानीय प्रशासनसँगमिलेर गर्न खोज्छन् । ‘तर धेरै अन्यतत्वहरु जस्तैः भौगोलीक, साँस्कृतीक र राजनितीक विविधताले पनिप्रभाव पार्छ,’ उनले भनिन् ।
अर्का प्रस्तोता रोशी लामिछानेले पर्यटन उद्योगमा द्धिपक्षीय व्यवस्थापनका रणनीतिहरुबारे समिक्षागरिन् । दक्षिण एशियामा द्धिपक्षिय व्यवस्थापनको माग तथा प्रभावकारीता बढ्दो क्रममा रहेको उनले बताईन । यसमाप्रविधि र ज्ञानको सामञ्जस्यता हुने भएकाले पर्यटन क्षेत्रमायसको प्रयोग निकै कमभएको उनले औंल्याईन् । ‘नेपाल जस्ता मुलुकमा शंसाधनको कमीले पनियसको प्रयोग बढ्न सकेको छैन । अझै पनिवाह्य ज्ञान भन्दाआन्तरिक ज्ञान तथा सुचनाको आधारमा नै पर्यटन षेत्रले वयवसायगरिरहेको छ ।’ उनले भनिन् ।

यसैगरी सम्मेलनमाअन्तर्राष्ट्रिय बजारीकरण, ब्राण्डिङ र उपभोक्ताव्यवहारका बारेमाकार्यपत्र प्रस्तुतभए । जस्मकाकथरिना मारिया होफरले कर्पोरेट सामाजिकउत्तरदायीत्व र ब्राण्ड परिणामबारे विकसीत बजारमा उपभोक्ताको रोजाईलाई केन्द्रितगर्दै अध्ययनपत्र प्रस्तुतगरिन् । यसैक्रममाउनले सामाजिक उत्तरदायीत्वले कुनैपनि ब्राण्डप्रतीको लगाव बढाउने र यसले सकारात्मक सम्बन्ध बढाउने बताइन । तर उदाउदै गरेको बजारमा सामाजिक उत्तरदायित्व र उपभोक्ताको लगाव विचएकरुपतान भएको उनको भनाइ छ । उनले सुझावदिंदै भनिन्,‘ब्राण्डप्रति लगाव बढाउन सामाजिक उत्तरदायीत्वलाई प्राथमिकतामा राख्नुपर्छ । बरु कुनै सामाजिक क्रियाकलापमा प्राया्जक भएर पनि गर्नुपर्छ ।’
यता काठमाडौं विश्वविद्यालयका प्रोफेसर विनोद कृष्ण श्रेष्ठले भो नेपालले वातावरण प्रभावमा खासै ध्याननदिएको टिप्पणी गरे । तर नेपालले सामाजिक उत्तरदायित्व मार्फत गर्न सकिने उनले बताए । यसअघि नेपालमा बालश्रमीकको प्रयोगले कार्पेट उद्योग संकटमा पर्न गएको जस्ले अमेरीकी बजारमा पूर्ण रुपमाबन्दभएको घटनाबारे बताए । जबकी तत्कालीन समयमा कार्पेटको मुख्यबजार नै नेपाल थियो । यसर्थ अनौपचारीक क्षेत्र आर्थिक विकासकालागि महत्वपूर्ण भएको बताए ।

यस्तै, सम्मेलनमा उज्वल मिश्रले विश्वव्यापी छाला जन्यउद्योगका आयामहरु : भारत र चीनको अध्ययनबारे कार्यपत्र प्रस्तुत गरे । जस्मा भारतले वर्षेनी ५ विलियन अमेरीकि डलर छालाजन्य बस्तु निर्यात गर्ने गरेको बताए । यससँगै चीनमा पनि छालाजन्य उत्पादन क्षमता र प्रभावकारीता रहेको उनको भनाइ छ ।