२०८१ जेठ ४ , शुक्रवार

सुन–चाँदीको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
आज आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आइतबार पनि स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।