२०८१ बैशाख २० , बिहिवार

दराजसंगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नव वर्ष सन् २०२४ को अवसरमा प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले एक अग्रणी अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ। यो घोषणाले नेपाली उपभोक्ताहरूको स्मार्टफोन खरिदको अनुभवलाई पुनः परिभाषित हुने विश्वास गरिएको छ ।

यस सहकार्यमार्फतभिभोलेउच्च स्तरीय उत्पादनहरू प्रदान गर्नेतथा नेपालभरका प्राविधिक उत्साहीहरूमाँझ पुग्ने आफ्नो प्रतिबद्धतालाई झल्काएकोछ । नवीनता र अनलाइन किनमेल सुविधाको यो उत्कृष्ट फ्यूजनमा के कस्ता अफरहरु रहेछन् आउनुहोस हेरौं । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्।

यस अफरमा धेरै स्मार्टफोनहरु समावेश गरिएका छन् जसमध्येरु १३,५९९ शुरुवाती मुल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको छ ।त्यस्तै रु २३,९९९ शुरुवाती मुल्य रहेकोभिभो वाई२०एस (४+१२८ जीवी), रु १४,९९९ मा उपलब्ध हुनेछ। रु २५,४९९ शुरुवाती मुल्य रहेको वाई२२एस (६+१२८जीवी) अहिले एकदमै आकर्षक मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल रु ३१,९९९ मा उपलब्ध हुनेछे । यस स्मार्टफोनको शुरुवाती मुल्य रु ३९,९९९ रहेको थियो । त्यसैगरी, रु ५२,९९९ शुरुवाती मुल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल निकै सुलभ मुल्य रु ४१,९९९ मा उपलब्ध रहेको छ ।

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरु ल्याएको छ । ग्राहकहरुले रु १५००० मुल्य भन्दा कमको स्मार्टफोन मोडेलहरुको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने रु १५,००० देखि रु २०,००० मुल्य दायराको स्मार्टफान खरिदमानिकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् । त्यस्तै निकै आकर्षक पुरस्कारहरू प्रदान गर्दै, रु २०,००० देखि र रु ३५,००० बीचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरुले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५,००० भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् ।

दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा अझ आकर्षण थपेको छ।भिभो र दराजकोसाझेदारीले ग्राहकको समग्र अनुभवलाई वृद्धि गर्दै विशेष उपहार र भाउचरहरू सहितस्मार्टफोन खरिदमा आकर्षक अफरहरु उपलब्ध गराएका छन्। जनवारी ५ तारिखदेखि ११ तारिखसम्म सिमित समयका लागि धेरै स्मार्टफोन मोडेलहरूमा आकर्षक उपहार र इन्सेन्टीभहरु उपलब्ध छन् जुन छुटाउन नहुने अवसर हो ।