२०८१ जेठ ४ , शुक्रवार

टाटा मोटर्सफनकार्निभल ३.० आयोजनाको आज अन्तिम दिन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एकैसाथपाँच स्थानमा आयोजना हुने यस फनकार्निभल माइभी गाडी खरिद गरी बिभिन्न किसिमका अफरहरु प्राप्त गर्न सकिनेछ ।

नेपालकालागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टाटा मोटर्स फनकार्निभल ३.०कार्यक्रमको आज अन्तिमदिन रहेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सनइभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यहि पौष२० गतेदेखी २२गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज, जे.बि. मोटर्स् बालकुमारीमा,सिप्रदी ट्रेडिङ्ग प्रा.लि. राधेराधे, भक्तपुरर उपत्यकाबाहिर इटहरी र धनगढिमा आयोजना गर्न लागिएको हो ।

फनकार्निभल ३.०मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्जबोनस, निःशुल्क रुपमाइभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथामनोरञ्जन मार्फत नौलोअनुभुतिगर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँतथाअत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागीभई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ ।

विस्तृत जानकारीकालागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोलफ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७