२०८१ बैशाख २० , बिहिवार

सासमङको ए सिरिजले स्वागत गरेको छ २ नयाँ सदस्यहरु,ग्यालेक्सी A05 र ग्यालेक्सी A05s

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
साससङको अत्यन्तप्रिय र मागमा रहने ग्यालेक्सी ए सिरिजमा यो डिसेम्बर महिनामा थप २ नयाँ सदस्यहरु ग्यालेक्सी A05 र ग्यालेक्सी A05s थपिनेभएको छ । अधिक सुलभ मुल्य र अभूतपूर्व विशेषताहरुले भरिएको यी नयाँ मोडलहरुले आफ्ना प्रयोगकर्ताहरुलाई पक्कै पनि खुशी तुल्याउनेछ र नेपाली बजारमा तहल्का मच्चाउनका लागि पूर्ण रुपमा तयार रहेका छन् । यी नयाँमोडलहरु को उपलब्धता संगसंगै सामसङको इन्ट्री–लेभलकाफोनको समुहले बहु प्रतिक्षितअपडेट प्राप्तगर्नेछ ।

ग्यालेक्सी ए०५ मा २ प्रकारको मेमोरी ४/६४ जिबि र ६/१२८ जिबि रहनेछ न् र ग्यालेक्सी A05sमा ४/१२८ जिबि र ६÷१२८ जिबि मेमोरीभरिएन्तहरु रहनेछन् । यीनयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी A05 र ग्यालेक्सी A05sमाक्रमशः ६.७इन्च र ६.७२ इनचको स्क्रिनहरुसहितको ५० एमपिप्राइमरी क्यामरा जडित छन् ।दुवै नयाँ स्मार्टफोनहरुले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरुले उनीहरुले क्याप्चरगरेकासबै मेमोरीहरु र स्टोरीहरुलाई सजिलै सुरक्षित राख्न सक्दछन् ।

ग्यालेक्सीA05 माभएको अद्भूत ५० एमपिक्यामरालाई पछाडीपट्टि २ एमपिकोदेप्थलेन्स र अगाडी पट्टि ८ एमपिक्यामराले साथदिएका छन् । ग्यालेक्सी A05sको कुरा गर्ने हो भनें यसमा भएको म्याक्रो लेन्स र अगाडि पट्टि १३ एमपिक्यामराका साथ २ एम पि क्षमतायुक्त अत्यन्त गहन सेन्सर भएको प्राइमरी कयामराका साथ तिनवटा लेन्सयुक्त पछाडीको क्यामराबाट कुनै पनि पलक्याप्चर गर्नसक्नेछ ।

ग्यालेक्सी A05s सम्पूर्ण नयाँक्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझागर्ने कार्यलाई निर्वाध तवरले चालु राखिदिन्छ । साथै ग्यालेक्सी A05s मातपाईंलाई थप सुविधा प्रदान गर्नका लागि साइड माउण्ट फिंगर प्रिन्ट सेन्सर पनि जडान गरिएको छ ।

यीदुवै नयाँमोडलहरुमा ५००० एमएएचक्षमताको ब्याट्री रहेको हुँदा बिना कुनै आशँका तपाईंलाई दिनभर कामगर्न र खेल्नको लागि पर्याप्त पावर प्राप्त हुनेछ । यीफोनहरुमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।

सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४/६४ जिबिको लागि ने.रु.१४,९९९/ र ६/१२८ जिबिको लागि ने.रु.१८,९९९/कायम गरिने छ । यसैगरी ग्यालेक्सी A05s कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४÷१२८ जिबिको लागि ने.रु.२१,९९९/ र ६/१२८ जिबिको लागि ने.रु.२३,९९९/कायमगरिने छ ।

तपाईले यी उत्कृष्ट नयाँ स्मार्टफोनहरू कुनै पनि अधिकृत सामसङ स्टोरहरूमा गई इन्स्टा फाइनान्स सेवाका साथ सजिलै सँग प्राप्तगर्न सक्नुहुन्छ ।यो सेवाद्वारा झन्झटमुक्त ईएमआइमा ०% थपिएको इन्ट्रेस्टको साथ सजिलो प्रशोधन समावेश छजसले तपाइँलाई तपाइँको मनपर्ने स्मार्टफोन एक घण्टा भित्र तपाइँको हातमा आउनेछ।