२०८३ जेठ १४ , बिहिवार

सर्लाहीमा गोली लगेर एक जना मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सर्लाहीको बरहथवामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले मृतकको पहिचान भै नसकेको जनाए ।

उनका अनुसार झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् । आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।