
सुनाखरी न्युज/ काठमाडौं ।
शिवराज नगरपालिका-३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २-०३-००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।