२०८१ जेठ ४ , शुक्रवार

टाटा मोटर्सफनकार्निभल ३.० आयोजना आजबाट सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एकैसाथपाँच स्थानमा आयोजना हुने यस फनका र्निभल माइभी गाडी खरिद गरी बिभिन्न किसिमका अफरहरु प्राप्त गर्न सकिनेछ ।

नेपालकालागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टाटा मोटर्स फनकार्निभल ३.०कार्यक्रम आजबाट सुरु भएको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सनइभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचीतथाचाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यहि पौष२० गतेदेखी २२गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज, जे.बि. मोटर्स् बालकुमारीमा,
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. राधेराधे, भक्तपुरर उपत्यकाबाहिर इटहरी र धनगढिमा आयोजना गर्न लागिएको हो ।

फनकार्निभल ३.०मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्जबोनस, निःशुल्क रुपमाइभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटरप्राप्तगर्नेछन । यस कार्निभलकामुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथामनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागीभई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ ।

विस्तृत जानकारीकालागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोलफ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७