२०८१ जेठ ४ , शुक्रवार

सुन–चाँदीको मूल्य स्थिर

gold1

सुनाखरी न्युज / काठमाडौं ।
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।