२०८१ बैशाख २१ , शुक्रवार

ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

Capture

सुनाखरी न्युज / काठमाडौं ।
ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।

पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेकाहुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।लघुचलचित्र ‘पाउलो’पशुपती परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्यपात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ ।

यहाँ कलाकार वापात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइ रहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उहीमानिसलाई दःुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मापनि एउटा जीवन्तकथा र समाजको यथार्थ चित्रण रहेको छ ।जुत्ता एउटा सामाग्रीमात्र हैन, मानवीय अनुभुतीहरु पनिहुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धीभएर आफुलाई राम्रो लागेकाले सहकार्य गरेको ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठ बताउँछन् । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघु चलचित्रमा भने जुत्तालाई नै मुख्यपात्र र जीवनको रुपमाउतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुलवाल’विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएको थियो ।

पाउलोको पात्रहरुको लागि स्पार्कल आर्ट एकेडेमीमा अडिसन मार्फत कलाकारहरुको छनोट गरिएको थियो । मुख्यपात्रको रुपमा अभिनय गरेका प्रशान्त हुमागाइँ यस लघुचलचित्रबाट अभिनयबारे अझ धेरै कुराहरु सिक्ने अवसर पाएको बताउँछन् । पात्रमा अभिनय गरिरहँदा मानिसहरु झुक्किएर पैसादिएको अनुभव समेत सुनाए । उनले नाटकमार्फत बेलारुस र बंगलादेश पुगेर उत्कृष्ट बालकलाकारको अवार्ड समेत प्राप्त गरिसकेका छन् ।