
सुनाखरी न्युज / काठमाडौं ।
सिटिजन्स बैँक इन्टरनेसनल लि.को एकल ऋण लगानी गर्ने गरी प्रदेश नं:१ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गा.वि.स. (हालको सुर्योदय नगरपालिका र रोङगाँउपालिका) मानिर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेको १० मेगावाट क्षमताको सिद्घि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैँकबीच मिति २०८० पौष १९गते विहिबारका दिन वित्तीय व्यवस्थापनकालागि सम्झौतामा बैंककाप्रमुख–कन्र्सोटियम÷इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटकाश्री रोशनमल्ल र कम्पनीका प्रबन्ध संचालकश्री सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन।
परियोजनाको अनुमानितलागत करीब रु. १ अर्ब७३ करोड (निर्माण अवधीको व्याजबाहेक) मा बैंकले ७५:२५ को ऋणःस्वपुँजी अनुपातमा रु. १ अर्ब २९करोड बराबरको ऋण लगानीगर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकीलागत प्रवद्र्धकहरुबाट स्वपुँजीजुटाइने छ । सो आयोजनाले आगामी २.५वर्ष भित्रनिर्माण सम्पन्न गरी विद्युतउत्पादनगर्ने लक्ष्यरहेको छ । कम्पनीकाअनुसार आयोजनाबाट हिउँदमा८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युतउत्पादनगरिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।