२०८३ जेठ ६ , बुधवार

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

_ab_1052_rlE46H43QO

 

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजाआज गर्नुभएको छ ।

 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा  रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो ।

 

भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।रासस