
सुनाखरी न्युज / काठमाडौं ।
आज काठमाडौं उपत्यकाको तापक्रम यो वषकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हो।महाशाखाले तापक्रम घट्ने क्रम आगामी दिनमा पनि जारी रहने भएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ। आज दिउँसोे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिदेखी भने तराईका भूभागमा पश्चिमी वायूको प्रभावले बादलको मात्रा बढ्ने मौसमविद् झाले बताए।