
सुनाखरी न्युज/ काठमाडौं ।
वि.सं.२०८० माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको मिति २०८०/०९/१२ को निर्णय बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि सात वटै प्रदेशमा नियुक्त हुनु भएका माननीय जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि श्री दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि श्री नारायण प्रसाद सुवेदी,
गण्डकी प्रदेशका लागि श्री केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि श्री कृपासुर कार्की, कर्णाली प्रदेशका लागि श्री विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि श्री ओम प्रसाद अर्याल न्याय परिषद्को मिति २०८०/०९/१८ को निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनु भएको तथा बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य
निर्वाचनको कार्यसम्पादन गर्न आयोगको सोही मितिको निर्णय बमोजिम नियुक्त हुनु भएका निर्वाचन अधिकृत श्री महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन पेश गर्नु भएकोले उहाँहरूको स्थानमा मिति २०८०/०८/२८ मा कानून, न्याय तथा संसदीय मामिला
मन्त्रालयको पत्र अनुसार जगेडा सूचीमा रहनु भएका देहाय बमोजिमका माननीय जिल्ला न्यायाधीशहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको मिति २०८०/०९/१९ को निर्णय बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ।