२०८१ जेठ ४ , शुक्रवार

एकैदिन प्रतितोला एक हजार ३०० रूपैयाँ घट्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज बिहीवार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।