२०८१ बैशाख २० , बिहिवार

२७.९ अंक बढ्यो सेयर बजार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार बुधबार २७.९ अंक बढेको छ । वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।

सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे ।

 

९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका् ८.७, नेपाल रिपब्लिक मिडियाको ८.२ प्रतिशत मूल्य बढ्यो ।

लक्ष्मी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । मनकामना स्मार्ट लघुवित्तको ३.८, समता घरेलु लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।