२०८१ बैशाख २३ , आइतवार

क्रिकेटबाट ज्योति पाण्डेले लिइन् सन्यास

Screenshot 2024-01-03 150041

सुनाखरी न्युज/ काठमाडौं ।

ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

ज्योतीले  प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

 

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।

उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।