२०८३ श्रावण ३० , शनिवार

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडितमाझ उज्यालो छर्दै सुबिसु, २०० परिवारका विद्यार्थीलाई सोलार बत्ती वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इन्टरनेटसेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ।गत १७ कात्तिक गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी२०० परिवारलाई ब्याक अपसहितका सोलारबत्ती वितरण गर्दै कम्पनीले पृथक्ढङ्गले वार्षिकोत्सव मनाएको हो।

भूकम्प पश्चात पीडितहरूले भोग्नुपरेको विशेष समस्यालाई सम्बोधन गर्ने गरी ती सोलारबत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ। वितरण गरिएका सोलाबत्तीले रातको समयमा अध्ययन गर्न अतिआवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइलफोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ।

प्रमुखकार्यकारीअधिकृत (सीईओ) विनय मोहन साउदसहित सुबिसुको आठ सदस्यीय टोली राहतस्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो।जाजरकोटको नलगाडस्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो।

“जाजरकोटको पुग्ने कुराकेवल भौगोलिक यात्राको विषयमात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्पपीडितहरूको जीवनमा अर्थपूर्ण प्रभावपार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेकोछ।

“हामीले विद्यार्थीलाईआइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यकासाथ रातको समयमा पढ्न आवश्यक माध्यम(सोलारबत्ती) उपलब्ध गराएका हौं। ”

व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औंवार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ।