२०८१ जेठ ६ , आइतवार

बैंकहरुको मुद्दति निक्षेपमा २३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकको विभिन्न कोषमा रहेको करिब २३ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो।

 

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १८ करोड ३३ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ४४ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड १४ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

 

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो माघ २ गतेदेखि २०८१ माघ १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले पुस १९ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।