२०८१ बैशाख २२ , शनिवार

बहुमत सेयरकै आधारमा अल्पमतका सेयर धनीको हकमा आघात पुर्‍याउन पाइँदैनः सर्वोच्च अदालत

Suprime Court

सुनाखरी न्युज/ काठमाडौँ ।

सर्वोच्च अदालतले निजी कम्पनीमा बहुमत सञ्चालक सेयर धनीहरूले अल्पमतमा रहेका सेयर धनीहरूको हकहित विपरीत कुनै कार्य गर्न नहुने फैसला सुनाएको छ । जगदम्बा रोटो प्याकेजिङ प्रालिका बहुमत सेयर धनीको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले बहुमतकै आधारमा भएका निर्णयमा अल्पमतका सेयर धनीको हक कुण्ठित गर्न नपाइने फैसला सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अल्पमतमा रहेका सेयर धनीको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अल्पमतमा रहेका सेयर धनीको हक अधिकारको विषयमा बोलेको हो । २०७९ माघ १६ गते भएको फैसला भई हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा बहुमतमा रहेका सञ्चालकले अल्पमतमा रहेका सञ्चालकको हक र अधिकार कुण्ठित हुने गरी कुनै निर्णय गर्न नहुने र निर्णय अधिकारमा उनीहरूलाई पनि सहभागी गराउनुपर्ने फैसला सुनाएको हो ।