२०८१ जेठ ५ , शनिवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold-1

सुनाखरी न्युज / काठमाडौं।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ ।

 

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।