२०८१ जेठ २ , बुधवार

डेनमार्ककी महारानीद्वारा गद्दी त्यागको घोषणा

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन्  । उनले आफू रानी बनेको ५२ वर्ष पुगेको अवसरमा आउँदो १४ जनवरीमा औपचारिक रूपमा राजीनामा गर्ने जनाएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाछन् ।

सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । ‘म सिंहासन मेरो छोरा, क्राउन प्रिन्स फ्रेडरिकलाई छोड्नेछु’ उनको घोषणा छ। सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा पर्छिन् ।

२०२३ को सुरुमा उनको ढाडको शल्यक्रिया गरिएको थियो । ‘शल्यक्रियाले स्वाभाविक रूपमा भविष्यको बारेमा सोच्न लगायो , अर्को पुस्तालाई जिम्मेवारी छोड्ने समय आएको छ, मैले निर्णय गर्ने अहिले नै सही समय हो,’ उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनएका छन् । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले गद्दी छोड्ने महारानीको निर्णयको लागि धन्यवाद दिएका छन् ।

डेनमार्कमा कार्यकारी अधिकार निर्वाचित संसद् र सरकारसँग रहन्छ। राजसंस्था राजनीति भन्दामाथि सम्मानित भूमिकामा छ।
एजेन्सीहरु