२०८१ जेठ २ , बुधवार

राष्ट्र बैंकले विदेश जाने विद्यार्थी र कामदारका लागि बढायो सटहीको सुविधा

dollar

सुनाखरी न्युज/ काठमाडौं ।
उच्च शिक्षा हासिल गर्न अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा  जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ संशोधित व्यवस्थाले संयुक्त राज्य अमेरिका,क्यानडा,अष्ट्रेलिया र यूरोप महादेशकाका देशहरुमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई आवश्यक पर्ने सटही सुविधा बढाएको हो । यसअघि विद्यार्थीहरुलाई १० हजार डलरसम्मको सटहीको सुविधा दिइएको थियो ।

 

यसका साथै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गरिने सटही सुविधाको दायरा समेत बढाएको छ ।

बैंकले जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडामा रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत अधिकतम ५०० डलरको सटही सुविधाको व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा २०० डलर थियो । जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडा बाहेकका मुलकमा जाने कामदारको हकमा भने यो सिमा २०० डलर तोकिएको छ ।

 

नयाँ व्यवस्था अनुसार विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भई आएको आधारमा समेत सटही सुविधा उपलब्ध हुनेछ ।