२०८१ बैशाख २० , बिहिवार

यो साताको पहिलो करोबार भएको दिन शोमबार पनि ८.७ अंक घट्यो सेयर बजार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से सोमबार  ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६० अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।

समग्र बजार घट्दा पनि उत्पादन र लगानी समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । यी दुबै समूह १–१ प्रतिशत बढे । जलविद्युत् समूह भने सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो ।

गत बिहीबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो । कुल ७७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने १० को स्थिर रह्यो ।

 

 

 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सानिमा जीआईसी इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।