२०८१ जेठ २ , बुधवार

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर

bati

सुनाखरी न्युज /  काठमाडौं।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन हुनुभएको छ ।

 

जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहनुभएका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।

 

यस्तै, महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो । जेटियुसीसीमा हाल नेपालमा मान्यताप्राप्त १० वटा ट्रेड युनियन महासङ्घ आवद्ध छन ।

 

हरेक एक÷एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन । रासस