२०८१ जेठ २ , बुधवार

नेपाल–भारत संयुक्त आयोगको बैठकमा ऊर्जा र पूर्वाधार प्रमुख एजेन्डा

Screenshot 2024-01-01 090844

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा ऊर्जा र पूर्वाधार प्रमुख एजेन्डा वन्ने भएको छ । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने भ्रमणमा बिहीबार नेपाल आउने तय भएको छ ।

 

परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई मुलुकबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो । प्रधानमन्त्रीको तहपछि नेपाल–भारतबीचको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा आयोगको बैठकलाई मानिन्छ । बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसियाली महाशाखाले अन्य मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेको छ । साथै, काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका एजेन्डाबारे गृहकार्य गरिरहेका छन् ।

‘बैठकमा प्रस्तुत गरिने एजेन्डाहरूमा मन्त्रालयले गृहकार्य गरिरहेको छ । केही दिनभित्र टुंगो लाग्नेछ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने । उनले दुई मुलुकबीच विभिन्न पक्ष र आयामका विषयमा छलफल हुने जानकारी दिए ।