२०८१ जेठ ५ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी संघ मोरङ्गको १७ औं बार्षिक साधारणसभा सम्पन्न

Biratnagar AGM

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी संघ मोरङ्गको १७ औं बार्षिक साधारणसभा २०८० पुस १४ गते शनिबार मोरङ्गको विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमूख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो ।

संघका अध्यक्ष शशिभुषण साहको सभापतित्वमा भएको सो साधारणसभामा सुनचाँदी ब्यवसायका विभिन्न बिषयमा छलफल भएको थियो ।
त्यसक्रममा ठूला करदाता र जेष्ठ सदस्यलाई सम्मान गरिनुका साथै संघका संस्थापक अध्यक्ष गणेश प्रसाद भगतको श्रीमतिलाई पनि सम्मान गरिएको थियो ।