२०८१ बैशाख २० , बिहिवार

साताको सेयर समीक्षाः तीन दिन बजार खुल्यो, तीनै दिन घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ ।

समग्रमा बजार यो साता १.९४ प्रतिशत घट्यो । बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको देखिन्छ । आइतबार ७ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब २४ करोड र बिहीबार ४ अर्ब २९ करोडमा खुम्चियो ।

 

समूहगत रुपमा हेर्दा ब्यापार समूह यो साता सबैभन्दा धेरै ७।१३ प्रतिशत घट्यो । ब्यापार समूहमा जम्मा दुई वटा कम्पनी मात्रै सूचीकृत छन् । ती हुन् साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनी । यी दुई कम्पनीको मूल्यले नै समूहलाई असर पार्ने हो । साल्ट ट्रेडिङको मूल्य यो साता ६.९ प्रतिशत घट्यो भने विशाल बजार कम्पनी ७ प्रतिशत घट्यो ।