२०८१ जेठ १ , मंगलबार

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकारले आवश्यक गृहकार्य गर्दैछः प्रधानमन्त्री दाहाल

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मंगलबार  पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको उल्लेख गरे ।

उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको जानकारी दिए । उनले व्यापार घाटामा पनि कमी आएको दाबी गरे ।

‘यस वर्ष उपभोक्ता मुल्य वृद्धिदर गत वर्ष भन्दा २।७ प्रतिशतले कम भएको छ । यो उपलब्धी हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब हाम्रो प्राथमिकतामा छ’ उनले भने ।

 

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अंकमा पुगेको छ  ।