२०८१ जेठ १ , मंगलबार

आन्दोलनकारिले जव मन्त्री प्रकाश ज्वालालाई ओराले र गाडीमा आगो लगाए…

Screenshot 2023-12-29 144035

सुनाखरी न्युज/ काठमाडौं ।

आगजनी भएको गाडी भएको खुलेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरे ।

 

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।