२०८१ बैशाख २८ , शुक्रवार

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरादोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबा टपोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिनपुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राजश्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएस विसीका विशान गुरुङले कास्कीकाइ शान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।

पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवी नगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाकआउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएस विसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवनआर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीकाविधानअधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीकानितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।

ब्याइज यू १७तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिशभण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएस विसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगमगिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदयचन्द, लाफा समुहका मनोज फौदार, पिएस विसीका सुन्दर विक, क्नचनपुरमा रेनिशधामी, म्याग्दीका डियन थापा, पिएस विसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीकादिवशपुन, सुन्सरीकाग्रिनेश घिमिरे र एपिएफकाआरुषसिम्खडाले पहिलो चरणको खेल जितेकाछन् ।
त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदयचन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटनपोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए ।कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा४८ क्लबतथाजिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।