२०८१ बैशाख २१ , शुक्रवार

नयाँ वर्ष अभियान फोनपे गर्ने होको साथ २०२४ को सुरुवात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणा गरेको छ ।
फोनपेसँग“सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरुगरौँ भन्ने मुल सन्देशमा आधारित यसअभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ। फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानीयालेनदेनका आवश्यक्ताहरुलाई सरल रसुबिधाजनक बनाउँदै,धेरै मानिसहरु माझ थप उजागर गराउनु,यस अभियानको उद्देयरहेको छ ।

पौस १३ देखि पौस १७ सम्म चल्ने यसअभियानमा सहभागिता जना उनग्राहकहरूले फोनपेको फोनपेक्यूआर अथवा फोनपेडिरेक्ट सेवा,अभियान समयअवधिभर,पाँचपटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागुगरिएको छ र त्यसको साथसाथै,फोनपेक्यूआर वा फोनपेडिरेक्ट,दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन्।

यस अभियानमा दुईभाग्यशाली विजेताहरूलाईःMI-Xiaomi स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।
यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउनप्रेरित गर्न खोजेको छ जहाँडिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ।अभियानको उदेश्यकाबारेमा फोनपेका चिफस्ट्राटेजि अफिसर सुवोद शर्माज्यूकाअनुसार,“फोनपे गर्ने हो अभियानले,ग्राहकहरुलाईआफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ१सुरक्षित डिजिटलभुक्तानी सुविधाप्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ”।

फोनपे सधैँ आफ्नाग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरु माइन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ।