२०८१ जेठ ४ , शुक्रवार

खस्कियो शेयर बजार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार सेयर बजार परिसूचक नेप्से १।९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो । यसअघि बुधबार ५ अर्ब २४ करोडको कारोबार भएको थियो ।

समग्र परिसूचक घट्दा पनि होटल र उत्पादन समूह भने राम्रो अंकमा बढे । उत्पादन समूह १.२ प्रतिशत र होटल तथा पर्यटन समूह १.१ प्रतिशत बढ्यो । व्यापार समूह सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक २९, फाइनान्स ५, जलविद्युत् ६, जीवन बीमा ४२, माइक्रोफाइनान्स ८ र व्यापार समूह ४९ अंक घटे । अन्य १, निर्जीवन बीमा २६, उत्पादन ७५ र होटल तथा पर्यटन समूह ६३ अंक बढे ।